Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले इच्छाकामना ५ को अध्यक्षमा तारा गुरुङ चयन

नेकपा एमाले इच्छाकामना ५ को अध्यक्षमा तारा गुरुङ चयन

इच्छाकामना न्युज

२८, भाद्र २०८१
नेकपा एमाले इच्छाकामना ५ को अध्यक्षमा तारा गुरुङ चयन
images

मुग्लिन । नेकपा एमाले इच्छाकामनाले संगठन विस्तारलाई तिव्रता दिएको छ । सोही क्रममा आज वडा नं. ५ को दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ । 

images
images

उक्त अधिवेशनले तारा गुरुङको अध्यक्षतामा ३९ सदस्यीय नयाँ वडाकमिटि गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा सानुबाबु थापा, सचिवमा ज्ञान बहादुर सुनारी मगर, उपसचिवमा सीता त्रिपाठी र तब्बिर गुरुङलाई सर्वसम्मत चयन गरेको छ । 

459442495_122113060178479609_4236018518383569_n.jpg

अधिवेशनको समुद्घाटन कार्यक्रममा वडाकमिटि अध्यक्ष टिएन श्रेष्ठ सभापति रहनुभएको थियो भने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो ।

459508245_122113060070479609_4044951202878167761_n.jpg

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ इन्चार्ज कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटि सदस्य एवं बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - २३:३८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology