Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चार महिनामै बेलिब्रिज बनेको बुटारमा दश बर्षमा पनि बनेन मोटरेवल पुल

चार महिनामै बेलिब्रिज बनेको बुटारमा दश बर्षमा पनि बनेन मोटरेवल पुल

इच्छाकामना न्युज

२१, भाद्र २०८१
चार महिनामै बेलिब्रिज बनेको बुटारमा दश बर्षमा पनि बनेन मोटरेवल पुल
images

बुटार । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बनेको बेलिब्रिजको वुधवार उद्घाटन गरियो । गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले बनाएको उक्त पुल चार महिनामा तयार भएको हो ।

images
images

बुटारमा निर्माणाधिन सुपर त्रिशुली जलबिद्युत आयोजनाको सामाग्री ढुवानीमा सहज हुने भन्दै १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको हो ।

तर सोही ठाउँमा दश बर्ष अघि देखि निर्माण सुरु भएको मोटरेवल पुलको काम भने अलपत्र छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७१ साल असार २९ मा शिलन्यास गरेको उक्त पुल हालसम्म निर्माण भएको छैन । ठेक्का लिदैँ योजना अलपत्र पार्दै बदनाम कमाएको पप्पु कन्स्ट्रक्सनले उक्त पुल निर्माणको ठेक्का पाएको थियो ।

२०७४ साल पुस २९ गते काम सक्ने गरी ठेक्का सम्झौता भएपनि नौ बर्षको अवधिमा दश प्रतिशतभन्दा काम हुन सकेन । सो अवधिमा धेरै पटक म्याद थप समेत भयो ।

काममा लापरवाही गर्दै योजना अलपत्र पारेपछि २०७९ साल मंसिर २८ गते पप्पुसँगको ठेक्का तोडियो र पुनः नयाँ ठेक्का आव्हान गरियो । सेवालुङ जलप जेभीसँग ठेक्का सम्झौता भइसकेको गोरखा सडक योजनाले जनाएको छ । ‘धैरै पटक म्याद थप भयो तर नौ बर्षको अवधिमा ११ प्रतिशतभन्दा काम अघि बढेन ।

काम नगरेपछि बिभागको सहमतिमा हामीले पप्पुसँग ठेक्का तोडेका हौँ,’ कार्यालय प्रमुख अमिन्द्र खड्काले भने, ‘अहिले पुनः ठेक्का आव्हान गरेर सम्झौता समेत भइसकेको छ ।’
गत २०८० साल पुस २० गते २२ करोड ३३ लाखमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए । कार्यालयका अनुसार ठेक्का सम्झौता भएपनि अहिले फिल्डमा काम सुरु भएको छैन ।

सडक बिभागबाट योजनाको डिजाइन रिभ्यू गर्ने काम भइरहेको कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले बताए । ‘पुलको हालको संरचना फाल्ने की त्यसलाई रेट्रोफिट गर्ने भन्ने टुंगो लागेको छैन,’ उनले भने, ‘बिभागबाट डिजाइन रिभ्यू भएर आएपछि काम सुरु हुन्छ ।’ ठेकेदारले फिल्डमा साइट क्याम्प भने बनाइसकेको उनले जानकारी गराए ।

कुल लम्वाई १ सय ५१ मिटर लम्वाईको उक्त पुल समयमै सम्पन्न भएको भए बेलिब्रिजको आवश्यकता नपर्ने ब्लु इनर्जी प्रालिका निर्देशक निरन्जनकुमार रेग्मीले बताए ।

‘पप्पुले समयमै पुल बनाइदिएको भए हामीले १६ करोड १४ लाख खर्चेर बेलिब्रिज बनाउनुपर्ने थिएन,’ उनले भने, ‘हामीले पुल पनि बनायौ तर सडक कार्यालयले पुन टेण्डर गरेछ, हामीले बनाएको बेलिब्रिजले करिव २५ बर्ष त धानिहाल्थ्यो ।’ सरकारी काम दशौं बर्षसम्म अलपत्र भए पनि बेलिब्रिज बनाउने निजी क्षेत्रको काम भने ४ महिनामै सम्पन्न भएको थियो । दरौंदी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - २२:१२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology