Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल ‘भोला’ सर्वसम्मत

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल ‘भोला’ सर्वसम्मत

इच्छाकामना न्युज

१८, भाद्र २०८१
नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल ‘भोला’ सर्वसम्मत
images

कुरिनटार । नेकपा एमाले इच्छाकामना गाउँपालिका वडा नं. ४ को वडाध्यक्षमा घनश्याम सिलवाल ‘भोला’ सर्वसम्मत निर्वाचित भएको छ । आज मंगलबार सम्पन्न एमाले इच्छाकामना ४ को दोस्रो वडाअधिवेशनले सिलवालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ वडासमिति चयन गरेको हो ।

images
images

अधिवेशनले समितिको उपाध्यक्षमा बुद्धिबल राना, सचिवमा तुलसी त्रिपाठी, उपसचिवमा राजु थापा मगर र फुलमाया गुरुङलाई सर्वसम्मत चयन गरेको छ । 

457259725_889558783093235_2486308912772061435_n.jpg

इच्छाकामना ४ का वडाकमिटि अध्यक्ष रामचन्द्र त्रिपाठीको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाटन समारोहको प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री एवं नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य कृष्ण सिलवाल रहनुभएको थियो भने कार्यक्रममा नेकपा एमाले चितवन जिल्ला अध्यक्ष कमलराज पाठक, सचिव प्रकाश ढुङ्गाना, जिल्ला सदस्य एवं जिल्ला समन्वय समिति चितवन प्रमुख नारायण प्रसाद अधिकारी, जिल्ला सदस्य एवं इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो ।

457212130_1036937864679424_6730116100943464354_n.jpg

कार्यक्रममा अतिथिको रुपमा नेकपा एमाले चितवनका जिल्ला सदस्यहरु रुद्र उप्रेती, जुना राजभण्डारी, ज्ञानु पाण्डे, माया सिलवाल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै कार्यक्रमका प्रमुख अतिथि  बागमती प्रदेशका वन तथा वातावरण मन्त्री एवं नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य कृष्ण सिलवालले नेकपा एमाले जनताको सुखदुःखमा साथ दिने पार्टी रहेको बताउनुभयो । सम्बोन्धनकै क्रममा उहाँले एमाले जनताको सुखदुःखको पार्टी भएकोले हरेक जनताको घरघरमा पुगेर जनताको साथमा एमाले छ भन्ने महशुस गर्ने गरी ग्रासरुटमा काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

456661269_1637430340156581_7660813537566491250_n.jpg

साथै उहाँले इच्छाकामना हरेक वडाहरुलाई समृद्ध बनाउने आफ्नो पहिलो उद्देश्य रहेकोले नागरिकलाई उत्पादनसँग जोडेर काम गर्दै समृद्ध वडा निर्माणमा आफु सधैं लागिरहने बताउनुभयो ।

यसैगरी विशिष्ट अतिथिको रुपमा कार्यक्रममा सहभागी हुनुभएका नेकपा एमाले चितवन जिल्ला अध्यक्ष कमलराज पाठकले एमालेको वडा तथा पालिका अधिवेशनबाट अब बन्ने नयाँ कमिटिले २०७९ मा पार्टीले प्राप्त गरेको उपलब्धिलाई जोगाउदै हालको हैसियत नघट्ने गरी मिसन ८४ पूरा गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मुलुकलाई हाल यथास्थितीमा राख्न केही तत्वहरु लागिपरेकोले यसको पहिचान एमालेले गरेको र त्यसलाई चिरेर अगाडी बढ्न एमाले लागिपरेको बताउनुभयो ।

458305079_1019644636554079_903137225822543872_n.jpg

यस्तै कार्यक्रममा बोल्ने क्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुको पार्टीकै कार्यकर्ताहरुले प्रचार गर्न नखोजी उल्टै गुनासो मात्र गर्न खोज्ने प्रवित्ति बढेको बताउनुभयो । यस्तो कार्यले पार्टीलाई नै क्षति पुग्ने भन्दै उहाँले भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

456332148_554910283711966_1427352392585318361_n.jpg

images
प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - २१:५४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology