कालिखोला । नेकपा एमाले इच्छाकामना गाउँकमिटि अन्तर्गत वडा नं. ६ को वडाकमिटि अध्यक्षमा पुनः भुपेन्द्र चेपाङ चयन भएको छ । वडाकमिटिको आज सम्पन्न दोस्रो वडाअधिवेशनले अध्यक्षमा पुनः चेपाङलाई चयन गरेको हो ।

अधिवेशनले चेपाङको अध्यक्षमा ३५ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम बहादुर घर्ती, सचिवमा पुनः कुमार गुरुङ, उपसचिवमा तुल कुमारी क्षेत्री र दिलकुमार गुरुङ चयन गरेको छ ।

वडाअधिवेशनको समुद्घाटन शत्र कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य एवं पूर्व संघिय सांसद कृष्णभक्त पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी रहनुभएको थियो भने एमाले बागमति प्रदेश कमिटि सदस्य एवं बागमतीका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, नेकपा एमाले चितवनका जिल्ला सदस्यहरु दान बहादुर गुरुङ, जुना राजभण्डारी, रुद्र उप्रेती, ज्ञानु त्रिपाठी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा उक्त वडामा रहेका एमालेका पुराना नेताहरुलाई सम्मान समेत गरिएको थियो ।

