कुरिनटार । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ इच्छाकामना गाउँकमिटिले हिन्दु धर्मावलम्वी महिलाहरुको महान पर्व तीज मनाएको छ । शुक्रबार कुरिनटारमा एक विशेष कार्यक्रमको आयोजना गरि संघले तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरी तीज मनाएको हो ।

कार्यक्रममा संघको इच्छाकामना अध्यक्ष शारदा उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघको बागमती प्रदेश कमिटि उपाध्यक्ष ज्ञानु पाण्डे प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व संघिय सांसद कृष्णभक्त पोखरेल रहनुभएको थियो ।
साथै कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल सहित स्थानीय महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।