फिस्लिङ । नेकपा एमाले इच्छाकामना गाउँकमिटिको वडास्तरीय अधिवेशन सुरु भएको छ । पार्टीको वडा नं. ३ बाट वडाकमिटिहरुको अधिवेशन सुरु भएको हो ।
अधिवेशन सुरु भएको पहिलो दिन आज सम्पन्न वडा नं. ३ को अध्यक्षमा पुनः कमल ठकुरी चयन भएको छ । फिस्लिङमा सम्पन्न वडाको दोस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । नवगठित कमिटिको उपाध्यक्षमा तीर्थ कुमारी गुरुङ, सचिवमा कमला भुजेल, उपसचिवमा दुर्गा बहादुर गुरुङ र एन्जिला आले चयन भएका छन् ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सदस्य कृष्णभक्त पोखरेल, पार्टीका प्रदेश सदस्य तथा बागमतीका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकमना गाउँपालिका अध्यक्ष तथा जिल्ला किमटी सदस्य दान बहादुर गुरुङ लगायतको आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो ।