Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाको समिक्षा : वडा नम्बर ५ र ताङ्लीचोक स्वास्थ्यचौकी सम्मानित

गण्डकी गाउँपालिकाको समिक्षा : वडा नम्बर ५ र ताङ्लीचोक स्वास्थ्यचौकी सम्मानित

इच्छाकामना न्युज

२, भाद्र २०८१
गण्डकी गाउँपालिकाको समिक्षा : वडा नम्बर ५ र  ताङ्लीचोक स्वास्थ्यचौकी सम्मानित
images

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले  नमुना वडा कार्यालय र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ ।   आज एक कार्यक्रमकाबिच वडा नम्बर ५ को कार्यालय र वडा नम्बर २ स्थित  ताङ्लीचोक स्वास्थ्यचौकीलाई उत्कृष्ट कार्य सम्पादन गरेवात सम्मान गरिएको हो ।

images
images

आर्थिक बर्ष  २०८०/०८१ को बार्षिक समीक्षा कार्यक्रमको अवसरमा  गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले  उत्कृष्ट नमुना कार्य गर्ने वडा र स्वास्थ्यचौकीलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । गाउँपालिका अध्यक्ष तिमिल्सनाले वडा नम्बर ५ का वडाध्यक्ष पहलमान बयलकोटी र ताङ्लीचोक स्वास्थ्यचौकीका प्रमुख पुस्कर खनाललाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । 

455683687_474150648741094_4728472162497553346_n1723998816.jpg

उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, विभिन्न वडाका वडाअध्यक्ष, वडा सचिव,स्वास्थ्य संस्थाका प्रमुख तथा विषयगत शाखाका शाखा प्रमुख र कर्मचारीहरुको उपस्थितिमा  कार्यक्रम सम्पन्न भएको हो ।  

नमुना कार्यालय  छनौट मापदण्ड २०८१ बमोजिमका सूचकहरुमा उत्कृष्ट कार्य सम्पादन गरी उच्च अंक प्राप्त गरेर नमुना वडा र  नमुना स्वास्थ्यचौकी बन्न सफल भएकाले सम्मान र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

456145092_474150795407746_163682105209125363_n1723998755.jpg

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - २२:५६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology