Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

‘छक्का पञ्जा-५’को गीतमा ज्योति मगरको यस्तो आपत्ति

‘छक्का पञ्जा-५’को गीतमा ज्योति मगरको यस्तो आपत्ति

इच्छाकामना न्युज

३१, श्रावण २०८१
‘छक्का पञ्जा-५’को गीतमा ज्योति मगरको यस्तो आपत्ति

चलचित्र ‘छक्का पञ्जा-५’को हालै सार्वजनिक भएको गीतलाई लिएर गायिका ज्योति मगरले आपत्ति जनाएकी छन्।

images

दीपकराज गिरी र दीपक शर्माको शब्द लेखनमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीत ‘बिहे भको छैन…’ गीतलाई लिएर गायिका मगरले आपत्ति जनाएकी हुन् ।

‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै पछिल्लो समय तीज गीत माथि टिका-टिप्पणी भइरहेको छ । यता ‘छक्का पञ्जा–५’को गीतमा बिहे नभए पनि कुमारित्व नरहेको प्रशंग छ त्यही कुरा माथी गायिका मगरले प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मगरले भनेकी छन्, ”बिस्तारा ले पोल्यो’, ‘तीन महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले छक्का पन्जाको गीत ‘बिहे भाको छैन म,कुमारी नि हैन म’ भन्ने गीतलाई कुन रूपले लिए होलान् ? यो गीतको भाव बुझेनन् कि क्या हो ? त्यही पनि यो गीतले पनि बिहे गर्‍या छैन, तर सम्भोग गर्‍या छु भन्या त हो नि ? खोइ संस्कारीहरू भुक्दै भुकेनन् त ?’

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्वय दीपकराज गिरी र वर्षा शिवाकोटीको नृत्य छ ।

‘छक्का पञ्जा-५’ चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । असोज २४ गते रिलिज हुने चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकारको अभिनय छन् ।

image.png

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ०९:०५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology