Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको ढकालटार स्थित खहरेखोलामा पक्की पुल निर्माण

आँबुखैरेनीको ढकालटार स्थित खहरेखोलामा पक्की पुल निर्माण

images

रासस

३०, श्रावण २०८१
आँबुखैरेनीको ढकालटार स्थित खहरेखोलामा पक्की पुल निर्माण
images

आँबुखैरेनी । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानामा पर्ने खहरेखोलामा पक्की पुल निर्माण भएको छ । दुई करोड ६२ लाख ५७ हजार रुपैयाँको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।

जिल्ला पूूर्वाधार विकास कार्यालय तनहुँकाअनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माणको काम पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा पूर्वाधार विकास कार्यालयका पदाधिकारीले हिजो सम्मान समेत गरेका छन् ।

पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनको भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - १६:५१:०६ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology