Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

पहिरोले तनहुँको बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध

पहिरोले तनहुँको बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध

images

रासस

३०, श्रावण २०८१
पहिरोले तनहुँको बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध
images

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका– ६ ढापमा पहिरो जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रूपमा अवरुद्ध छ। यसअघि पनि वर्षाका वेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरो जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो।

बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरो गएकाे भन्दै स्थानीय सिद्धान्त गर्जामगरले पहिरोले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए। ‘एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ,’ उनले भने, ‘पहिरोको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ।’

स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी राजमार्गका केही पहिरो सफा गरेका छन्। बुधबार बिहान स्थानीयले पहिराले खसेको ढुंगा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ। उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन्।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त खण्डलाई लिने गरिएको छ। उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ।

सो पुल सम्पन्नपश्चात् बाटो छोटिन्छ। पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय सिद्धान्त मगरले जानकारी दिए।

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - १५:५०:२१ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology