Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाको रानिस्वाँरामा गाउँको लोकल रक्सी ब्रान्डिङ गरिँदै, सहरको रक्सी निषेध

गण्डकी गाउँपालिकाको रानिस्वाँरामा गाउँको लोकल रक्सी ब्रान्डिङ गरिँदै, सहरको रक्सी निषेध

इच्छाकामना न्युज

२०, श्रावण २०८१
गण्डकी गाउँपालिकाको रानिस्वाँरामा गाउँको लोकल रक्सी ब्रान्डिङ गरिँदै, सहरको रक्सी निषेध
images

विवेक पोखरेल, रानिस्वाँरा । गोरखा रानिस्वाँराका धनबहादुर आलेले नौ वर्षअघि छोराको विवाह गर्दा रक्सीमा मात्र ३० हजार रुपैयाँभन्दा बढी खर्च भयो । त्यो समयमा गाउँका भोज-भतेरमा सहरमा पाइने शिल प्याक रक्सी प्रतिष्ठाका लागि पनि राख्नुपर्छ भन्ने सोच गाउँलेमा थियो।

images
images

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ ,रानिस्वाँरामा मदिरा तथा किरानामा पसल संचालन गर्दै आएका यमबहादुर आले गाउँमा छेवार (गुरुङको ब्रतबन्ध) मा आफ्नो पसलबाट एक परिवारले एक लाखभन्दा बढी खर्चेर सहरको रक्सी खरिद गरेको सम्झन्छन् ।

उनको भनाइ छ, – 'गाउँका समान्य उत्सवहरुमा पनि हजारौँ रुपैयाँ बजारको रक्सीमा खर्च हुन थाल्यो । सामान्य मानिसहरुलाई विवाह, व्रतबन्धलगायतका उत्सवहरु मनाउन नै मुस्किल भयो । त्यसपछि हामीले नियम नै बनाएर यहाँ गरिने साँस्कृतिक, परम्परागत उत्सवहरुमा विदेशी वा सिल प्याक गरिएको ब्राण्डेड रक्सी किन्न नपाउने नियम बनायौँ ।'

यो नियम नमान्नेलाई दुईहजार रुपैयाँ जरिवाना तोकिएको छ। यमबहादुरका अनुसार फजुल खर्च रोक्न गाउँले सबै मिलेर बनाएको नियम भएकाले जरिवानाभन्दा पनि स्वयम् अनुशासनमा बस्न गरिएको निर्णय भएकाले शतप्रतिशत कार्यन्वयन भएको छ । यो नियम लागू गरिएको गाउँमा ५२ घर परिवार छन् ।

होमस्टेको आकर्षण लोकल रक्सी र लोकल खान्की
यमबहादुर आले गाउँको रानिस्वाँरा मगरात सामुदायिक होमस्टेको अध्यक्ष पनि हुन् । २०७५ सालको चैतमा स्थापना भएको यो सामुदायिक होमस्टेमा आर्गानिक खानासंगै लोकल रक्सीलाई प्राथमिकतामा राखिएको छ।  होमस्टे शुरु भएपछि नै यहाँ बाहिरको रक्सी खान रोकिएको हो ।

'मगर समुदायको मात्र वसोबास रहेको यो ठाउँमा लोकरक्सी बनाउने पुरानो चलन हो त्यसलाई हामीले व्यवसायसंग पनि जोडेका छौँ हौ,' उनले भने – 'हामीले उत्पादन गर्ने रक्सी बजारको भन्दा राम्रो छ भनेर हामी ग्यारेन्टी लिन सक्छौँ । हामीले आफैँले उत्पादन गरेको कोदोबाट रक्सि बनाउँछौँ । फिसिलिङ बजार र गोरखा बजारबाट रानिस्वाँरा मगरात सामुदायिक होमस्टे सहजै पुग्न सकिन्छ ।

लोकल रक्सी ब्राण्डिङ गर्दै गण्डकी गाउँपालिका
देशमा लोकल रक्सीलाई ब्रान्डको रूपमा विस्तार गर्नुपर्ने आवाज उठिरहँदा गोरखाको गण्डकी गाउँपालिकाले त्यससम्बन्धी कार्यविधिनै  बनाएर कार्यन्वयनमा गएको छ।

गाउँपालिकाको १५ औँ गाउँसभाले घरेलु मदिरा बजारीकरण कार्यविधि (कोदो तथा फलफुकोे रक्सी उत्पादन, ब्रान्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ) बहुमतले पारित गरेको छ ।

स्थानीय स्तरमा उत्पादन हुने कोदो तथा विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरलाई ब्रान्डको रूपमा लैजान सके आम्दानीका साथै स्थानीय पहिचान पनि हुने भएकाले जिल्लामै पहिलो कार्यविधि बनाएर अघि बढेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार)ले बताए ।

'मेरो गाउँपालिकामा वडा नम्बर ५  मा रानिस्वाँरा मगरात सामुदायिक होमस्ट र वडा नम्बर २ मा पाथीस्वाँरा मनमोहक होमस्टे गरेर दुईवटा होमस्टे छन् । मुख्यत पर्यटन प्रवद्धनको हिसाबले पनि यसले सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो । हामी लेबलिङ्ग, बोतलिङ्ग गरेर सहर तिर पनि पुराउन पर्छ भन्ने उद्धेश्यमा छौ तर संघिय कानुनले गर्दा पालिका बाहिर विक्रि गर्न मिल्दैन । अहिलेलाई गाउँपालिका भित्र अतिथि सत्कारमा मात्र प्रयोग गछौँ । यसले तत्काल नै आयआर्जनमा पनि टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ । गाउँघरमा उत्पादित मदिरा रोक्न सक्ने अवस्था पनि छैन । हाम्रो संस्कार र संस्कृतिसँग लोकल रक्सी जोडिएको छ,’ उनले भने, ‘लुकीछिपी प्रयोग गरिरहेकै छन् । बरु गुणस्तर कायम गरेर बजारमै पठाउन सके आम्दानी पनि हुन्छ । स्थानिय परिचय पनि थपिन्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीका अनुसार गण्डकी लोकल रक्सि नाम राखेर बत्तलमा प्याक गर्ने गरेर तयारी हुदैँछ । स्टिकर टासेर वतलमा राख्नका लागि पहिलो चरणमा गाउँपालिकालेनै आर्थिक सहयोग गरेको छ। यसरी बाण्डिङ्ग गर्दा सफा र गुणस्तरिय लोकल रक्सि बनाउन सहयोग पुग्ने उनको विश्वा छ ।यहाँ मदिरा बनाउन लोकल जरिबुटिको मात्र प्रयोग हुन्छ । यसले गर्दा मानविय स्वास्थ्यलाईनै हानी पुग्ने बजारका क्वालीटी नभएका मानवस्वास्थ्यलाई हानी पुग्ने रक्सीको हट्छ ।  

उनले भने – 'रक्सीलाई सकेसम्म उपयोग गर्न नहुने मान्यता गाउँपालिकाले राखेको तर लोकल उत्पादन र संस्कृतीको सरक्षण गर्नु गाउँपालिकाको पनि दायित्व हो ।' नेपालको सविधानको अनुसूची ८ ले दिएको अधिकार प्रयोग गरी उक्त ऐन जारी गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

images
प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १०:३८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology