मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङमा रहेको पुरानो पुलबाट हाम फालेका एक युवा त्रिशुलीमा बेपत्ता भएका छन् । केहीबेर अघि मात्र मुग्लिनको पुरानो पुलबाट मधेसी मूलका अन्दाजी २५ वर्षको युवाले हाम फालेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । अहिले घटना स्थलमा प्रहरी पुगेको छ भने घटनाको थप अनुसन्धान भैरहेको छ ।