गोरखा,२६ माघ । १४ बर्षिया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा शहिद लखनका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको शहिद लखन गाउँपालिका ७ बकेन्स्वाँराका बालिकालाई युवकले ललाईफकाई आफ्नै घरमा नै लगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो।
स्थानीय स्कुलमा कक्षा ८ मा अध्ययनरत बालिकाको अभिभावकले प्रहरीमा उजुरी दिए पछि युवकलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी उद्योगमा मद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
घटना गएको शनिबार भएको कार्यालयले जानकारी दिएको छ। प्रहरीले नियन्त्रणमा लिएको युवकलाई गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ।