Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लागु औषधसहित गोरखा गण्डकीका दुई युवा पक्राउ

लागु औषधसहित गोरखा गण्डकीका दुई युवा पक्राउ

इच्छाकामना न्युज

११, श्रावण २०८१
लागु औषधसहित गोरखा गण्डकीका दुई युवा पक्राउ
images

कुरिनटार –प्रतिबन्धित लागु औषधसहित गोरखा गण्डकी गाउँपालिकाका दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी इच्छाकामना कुरिनटार चितवनबाट खटिएको प्रहरी टोलिले गोरखाको गण्डकी गाउँपालिका वडा नं २ बस्ने सुमन गुरुङ र वडा नं १ बस्ने बर्ष २५ को उज्वल गुरुङलाई पक्राउ गरिएको हो ।  

images
images

सुमन गुरुङले चलाएको लु १५ प ११ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा  सोही मोटरसाइकल पछाडी सवार उज्वल गुरुङले  भिरेको कालो झोला भित्र रातो प्लाष्टिक भित्र पोको बनाई लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ट्रमाडोल हाइड्रो क्लोराइड क्याप्सुल  २६ पत्ता (२६० ट्याब्लेट) सहित उनिहरुलाई  पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उक्त लागु औषधसहित नियन्त्रणमा लिई  जिल्ला अदालत चितवनबाट आज पाँच दिनको म्याद अनुमती लिई  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - ०८:००:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology