Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

यो वर्ष पनि कन्डमको आयात बढ्यो

यो वर्ष पनि कन्डमको आयात बढ्यो

images

इच्छाकामना न्युज

८, श्रावण २०८१
यो वर्ष पनि कन्डमको आयात बढ्यो
images

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट २४ करोड ६९ लाख रुपैयाँको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असारदेखि साउनसम्मको अवधिमा २४ करोडभन्दा बढीको कन्डम आयात भएको हो ।

यस अवधिमा ३ करोड ९२ लाख ३२ हजार कन्डम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ५५ हजार रुपैयाँ भन्सार राजस्व बुझाएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा कन्डमको आयात ३ करोड ४१ लाख रुपैयाँले बढेको हो ।

आर्थिक वर्ष २०७९/८० मा विदेशबाट २१ करोड २८ लाख रुपैयाँको कन्डम आयात भएको थियो । त्यस आर्थिक वर्षमा ३ करोड ६५ लाखभन्दा बढी कन्डम नेपाल भित्रिएको थियो । जबकि गत आर्थिक वर्षमा मूल्य बढे पनि कन्डमको आयात सङ्ख्या भने घटेको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा १६ करोड ३० लाख रुपैयाँको कन्डम आयात भएको थियो । सो अवधिमा ५ करोड २८ लाखभन्दा बढी पिस कन्डम नेपाल भित्रिएको थियो । सो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात ८ करोड ३९ लाख रुपैयाँले आयात बढेको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - ०७:३४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology