काठमाण्डौ । तमु बौद्ध सेवा समितिले नेपालमा बौद्ध धर्मको इतिहासबारे अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको अनामनगरस्थित आफ्नै कार्यालयमा समितिले शुक्रबार नेपालमा बौद्ध धर्मको इतिहासबारे अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बौद्धाचार्य सुमल कुमार गुरुङले बौद्ध धर्मको इतिहासबारे आफ्नो अनुशन्धानात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समितिले विभिन्न विधामा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

त्यसक्रममा डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका संस्थापक अध्यक्ष एवं बौद्धाचार्य सुमल कुमार गुरुङ, नेपाल प्रहरीका डीआईजी डा.देउती गुरुङ, समाजसेवी ओम गुरुङ, सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान गुरुङ, नेपाल टेलिभिजनका पत्रकार बद्रीकाजी गुरुङ र कलाकार धर्मराज गुरुङ (राजु) सम्मानित हुनु भएको थियो ।
सम्मानित ब्यक्तित्वहरुलाई तमू बौद्ध सेवा समितिका अध्यक्ष क्याप्टेन नारायण गुरुङ र प्रमुख सल्लाहकार तोरणबहादुर गुरुङले गुरुङ समुदायको परम्परा अनुसार भाङ्ग्रा, घलेक र खादा पहि¥याएर बधाई ज्ञापन गर्नु भएको थियो ।