Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक गोरखा सिरान्चोकका रेशम गुरूङ र अर्का एक जना पक्राउ

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक गोरखा सिरान्चोकका रेशम गुरूङ र अर्का एक जना पक्राउ

images

इच्छाकामना न्युज

९, आषाढ २०८१
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक गोरखा सिरान्चोकका रेशम गुरूङ र अर्का एक जना पक्राउ
images

काठमाण्डौ । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ परेका छन्।

गोर्खा सिरानचोक गाउँपालिका वडा-११ का ४१ वर्षीय कल्भिन जेम्स भन्ने रेशम गुरूङ र मकवानपुर बागमती गाउँपालिका वडा-९ घर भई हाल ललितपुर महानगरपालिका-९ बस्ने ३३ वर्षीया मखमलीमाया स्याङतान पक्राउ परेका हुन्।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-२६ स्थित ठमेलमा ए वान स्पा सेन्टरमा बालिकालाई डरत्रास देखाएर यौन व्यवसायमा लगाउने गोप्य सूचना मिलेको थियो।

सोही सूचनाको आधारमा दुई जना बालिकालाई स्पा सेन्टरबाट उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

ती बालिकाहरूलाई २०८० कात्तिकदेखि स्पा सेन्टरमा राखेर यौन व्यवसायमा लगाएको उनीहरूले बताएका छन्।

सञ्चालक गुरूङले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ब्युटीपार्लरमा काम लगाइदिने भन्दै यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

'उनले सामाजिक सञ्जालमा कुराकानी गरी प्रलोभनमा पारेर काठमाडौं बोलाउने गरेको देखिन्छ,' एसपी मिश्रले भने, 'काठमाडौं आउने भाडासमेत उनले पठाउने गरेको अनुसन्धानमा खुलेको छ।'

बालिकाहरू काठमाडौं ल्याएपछि टोखा नगरपालिका वडा-११ मा सञ्चालन भएको सनफ्लावर स्पा सेन्टरमा राख्ने गरेका रहेछन्। त्यहाँ उनीहरूलाई मासिक दश हजार दिने भनेर राख्ने रहेछन्। 

उनीहरूलाई केहीदिन राखेपछि सुरूआती दिनमा आफैंले पटक पटक बलात्कार गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

'आफूले जबरजस्ती गरेपछि मसाज गर्न आएका व्यक्तिहरूसँग २ देखि ३ हजार रूपैयाँ लिएर बालिकालाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने गरेको बालिकाहरूले बताएका छन्,' उनले भने, 'ग्राहकको आवश्यकता अनुसार उनीहरूलाई विभिन्न होटल तथा गेष्ट हाउसमा समेत पठाउने गरेको अनुसन्धानमा खुलेको छ।' 

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

images
प्रकाशित मिति :आषाढ ९, २०८१ शनिवार - ०८:३३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology