Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बहुउपयोगी बेल, यस्ता छन् औषधीय गुण

बहुउपयोगी बेल, यस्ता छन् औषधीय गुण

इच्छाकामना न्युज

९, आषाढ २०८१
बहुउपयोगी बेल, यस्ता छन् औषधीय गुण
images

बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई हित मात्र पुर्‍याउँछ। म्यानमार, इन्डोचीन, मलेसियामामा पाईने यो फल नेपालमा पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ। 

images
images

बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । गर्मी मौसममा यसका फाइदा त झन् व्यापक छन् भने यसमा हुने एन्टिप्यारासाइटिक गुण पाचनका लागि धेरै फाइदाजनक हुन्छ ।

यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ ।

फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ । बेलमा धेरै प्रकारका पोषक तत्त्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश  गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ ।

बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ। पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रदान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ।

images
प्रकाशित मिति :आषाढ ९, २०८१ शनिवार - ०८:२९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology