कुरिनटार । गएराती देखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ३ फिस्लिङ र मौवाखोला नजिकै बर्षासगैँ पहिरो खसेपछि गएराती ३ बजेदेखि सडक अवरुद्ध बनेको हो । अहिले पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाई सडक सुचारु गर्न अझै केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।