गोरखा। गण्डकी गाउँपालिका वडा नंम्वर १ मकैसिङमा २ दिने नि शुल्क स्वास्थ्य शिविर हुने भएको । शिविरमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान हुने भएको छ । असार १ र २ गत्ते सम्भव नेपालको आयोजनामा उत्त शिविर सञ्चालन हुन लागेको हो । शिविर मकैसिङ प्रथामिक स्वास्थ्य चौकीमा हुने छ ।
शिवरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुको उपस्थिति रहने छ । स्वास्थ्य शिविर शनिबार विहान ९.३० बजे देखी बेलुका ५ बजे र आइतबार बिहान ७ बजे देखी ११ बजेसम्म सञ्चालन हुने छ ।
शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर ,यस्तै हाड जोर्नी विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र एक्स-रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेने छ । ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ ।
शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने सम्भव नेपालका अध्यक्ष प्रेम कुमार खत्रीले जानकारी दिए ।