Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चर्चित लोकगायक पृथ्वी गुरुङको ‘लाहुरे फुली...’ सार्वजनिक

चर्चित लोकगायक पृथ्वी गुरुङको ‘लाहुरे फुली...’ सार्वजनिक

इच्छाकामना न्युज

२१, जेठ २०८१
चर्चित लोकगायक पृथ्वी गुरुङको ‘लाहुरे फुली...’ सार्वजनिक
images

मुग्लिन । सालैजो तथा चुट्का गायनमा चर्चित गायक पृथ्वी गुरुङले सालैजो भाकामा नयाँ गीत बजारमा ल्याएको छ । गायक गुरुङले ‘लाहुरे फुली...’ नामक बोलको सालैजो गीत शुक्रबार युट्युबबाट सार्वजनिक गरेको हो । निर्मल राना युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पृथ्वी गुरुङ र चर्चित गायीका देवी घर्तीले स्वर भरेका छन् । 

images
images

उक्त गीतमा गायक पृथ्वी गुरुङ आफैले शब्द र संगीत भरेका छन् भने गीतको म्युजिक भिडियोमा अरुन थापा मगर र रीना थापा मगरले अभिनय गरेका छन् ।

यस्तै भिडियोमा निर्देशन र कोरियोग्राफ मनाङ गुरुङको रहेको छ । 

images
प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - १८:५८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology