Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कमर्सियल आर्टिस्ट संघको अध्यक्षमा रामप्रसाद लिम्बु, सचिवमा आँबुखैरेनीका राजेन्द्र गुरुङ

कमर्सियल आर्टिस्ट संघको अध्यक्षमा रामप्रसाद लिम्बु, सचिवमा आँबुखैरेनीका राजेन्द्र गुरुङ

images

इच्छाकामना न्युज

१९, जेठ २०८१
कमर्सियल आर्टिस्ट संघको अध्यक्षमा रामप्रसाद लिम्बु, सचिवमा आँबुखैरेनीका राजेन्द्र गुरुङ
images

काठमाडौं। नेपाल कमर्सियल आर्टिस्ट संघको अध्यक्षमा रामप्रसाद लिम्बु (याम) निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा सम्पन्न संघको पहिलो राष्ट्रिय महाधिवेशनमा संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा लिम्बु निर्वाचित हुनुभएको हो ।

निर्वाचन मण्डलका प्रमुख ओमप्रकाश गुरुङका अनुसार अध्यक्ष पदमा निवर्तमान महासचिव चित्रबहादुर कार्की र निवर्तमान केन्द्रीय सदस्य लिम्बुबीच प्रतिस्पर्धा भएको थियो ।

लिम्बु ७४ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कार्कीले ३१ मत पाउनुभयो ।

महाधिवेशनमा देशभरबाट ११९ जना प्रतिनिधि सहभागिता जनाएका थिए । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिनुभयो ।

कार्यसमितिको उपाध्यक्षहरूमा कमलराज श्रेष्ठ, सुभाष कुमार शाक्य, शारदा मानन्धर, डम्फे तामाङ (डम्बर) र राजेन्द्र सुवेदी चयन हुनुभएको छ ।

यस्तै, संघको महासचिवमा सुवास केसी तथा सचिवहरूमा सन्तोष बीसी, राजेन्द्र गुरुङ (आँबुखैरेनी, तनहुँ) र केशर सिंह लामा चयन हुनुभएको छ । संघको कोषाध्यक्षमा नवीन कार्की र सह-कोषाध्यक्षमा सन्तोष कुमार गुप्ता चयन हुनुभएको छ ।

कार्यसमितिको केन्द्रीय सदस्यहरूमा सिताराम उप्रेती (चितवन), भरतबाबु पौडेल (नवलपुर), देव नारायण पौडेल (नेपालगञ्ज), युवराज वस्ताकोटी (कास्की), धनु घिमिरे ‘रवि’ (रुपन्देही), जंग बहादुर पण्डित (पर्सा), श्याम थापा (बाँके), राजु श्रेष्ठ (कञ्चनपुर) चयन हुनुभएको छ ।

यसैगरी, धर्म बहादुर विष्ट (कैलाली), सुरेश पुन (प्युठान), भोला शाह ‘कालु’ (बारा), अन्दीलाल सरदार (सप्तरी), टिकाराम कार्की (सिन्धुपाल्चोक), कुमार यारा (काठमाडौं) र रामकृष्ण चौधरी (काठमाडौं) सदस्य चयन हुनुभएको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०८१ शनिवार - ०७:१३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology