Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल र अमेरिकाबीचको अन्तिम वार्मअप म्याच आज

नेपाल र अमेरिकाबीचको अन्तिम वार्मअप म्याच आज

इच्छाकामना न्युज

१७, जेठ २०८१
नेपाल र अमेरिकाबीचको अन्तिम वार्मअप म्याच आज
images

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार आयोजक अमेरिकासँग अन्तिम वार्मअप म्याच खेल्नेछ। अमेरिकाको डलासको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ। 

images
images

विश्वकपको तयारीमा रहेको नेपाल र अमेरिकाले एकअर्काविरुद्ध खेलेसँगै प्रतियोगिताका लागि तयार हुनेछन्। 

विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई वार्मअप म्याचको व्यवस्था गरेको थियो। सोही अनुरुप नेपालले पहिलो वार्मअप म्याचमा क्यानडाविरुद्ध खेलेको थियो। सो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो। 

अमेरिकाले भने आफ्नो पहिलो वार्मअप म्याच खेल्न पाएन। बंगलादेशसँग मंगलबारका लागि तय भएको वार्मअप म्याच खराब मौसमका कारण हुन सकेन। 

नेपालले ४ जुनमा नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। आयोजक अमेरिकाले जुन २ मा क्यानडासँग विश्वकपको उद्घाटन खेल खेल्नेछ। विश्वकपको उद्घाटन खेल यही मैदानमा हुनेछ। 

विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजमा तीन अभ्यास खेल खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले विनवार्ड भोल्क्यानोजविरुद्ध २–१ ले जित निकालेको थियो। 

वेष्ट इण्डिजबाट अमेरिका पुगेको नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्स दुई अभ्यास खेल खेलेको थियो। ती दुवै खेल नेपालले जितेको थियो। 

हेड टु हेड
नेपाल र अमेरिका ११ वर्षपछि दोस्रो पटक टी–२० क्रिकेटमा भेट हुँदैछन्। यसअघि सन् २०१३ मा विश्वकपको छनोटको वार्मअप म्याचमा नै यी दुई टोली आमनेसामने भएका थिए। सो खेलमा नेपाल अमेरिकासाग ५ विकेटले पराजित भएको थियो।

images
प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - ०५:५५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology