चितवन । नेकपा एमाले चितवनको जिल्ला कमिटिमा इच्छाकामना गाउँपालिकाबाट ७ जना निर्वाचित भएका छन् । एमाले चितवनको मंगलबार सम्पन्न एघारौं अधिवेशनबाट इच्छाकामना गाउँपालिकाका ७ जना एमालेको जिल्ला कमिटिमा निर्वाचित भएका हुन् ।
भुगोलतर्फबाट जिल्ला सदस्यमा इच्छाकामनाबाट ५ जना निर्विरोध निर्वाचित भएका छन् । उनीहरुमा इच्छाकामना गाउँपालिका अध्यक्ष समेत रहेका दान बहादुर गुरुङ, वडा नं. ४ का वडाध्यक्ष समेत रहेका रुद्रप्रसाद उप्रेती, जुना राजभण्डारी, आशिष मगर र इच्छा त्रिपाठी रहेका छन् ।
यस्तै अल्पसंख्यक जिल्ला सदस्यमा वडा नं. २ का वडाध्यक्ष समेत रहेको पन्च चेपाङ र लेखा कमिटि खुल्ला उपाध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।