Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सात जना बालिका बलात्कार आरोपितको घरमा बुलडोजर चलेपछि..

सात जना बालिका बलात्कार आरोपितको घरमा बुलडोजर चलेपछि..

images

एजेन्सी

१५, जेठ २०८१
सात जना बालिका बलात्कार आरोपितको घरमा बुलडोजर चलेपछि..
images

भारतीय राज्य मध्यप्रदेशको सिधी जिल्लामा सात जना आदिवासी बालिकालाई बलात्कार गरेको घटनामा सोमबार प्रशासनले चार आरोपितको घरमा बुलडोजर चलाएको छ। 

बीबीसी हिन्दीका अनुसार आरोपितहरूले महिलाको जस्तै आवाज बनाएर ती युवतीहरूलाई साँझ सुनसान ठाउँमा बोलाएर बलात्कार गरेको खुलासा भएको हो। 

आरोपिहरूले एपमार्फत शिक्षिका (महिला) को आवाज बनाई छात्रवृत्तिका लागि कागजपत्र लिन भनी ७ छात्रालाई सुनसान ठाउँमा बोलाए। उनीहरूले ती युवतीहरूलाई बोलाएका थिए, जो छात्रवृत्ति पाउने वर्गमा पर्थे। 

बलात्कारपछि युवतीहरूको पैसा र मोबाइल पनि लुटिएको आरोप छ।घटना सार्वजनिक भएपछि मुख्यमन्त्री मोहन यादवले दोषीहरूलाई कडा कारबाही गर्ने बताएका छन्।

पीडितले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। त्यसपछि मुख्य आरोपित पक्राउ परेका थिए।अहिलेसम्म ४ जना छात्राले मात्रै उजुरी दिएका छन्।

तर पीडितको संख्या अझ बढी हुन सक्छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

images
प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - ०८:२९:१८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology