Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

स्वास्थ्यको लागि गुणकारी किबी, भगाउँछ यी रोगलाई टाढा

स्वास्थ्यको लागि गुणकारी किबी, भगाउँछ यी रोगलाई टाढा

इच्छाकामना न्युज

१५, जेठ २०८१
स्वास्थ्यको लागि गुणकारी किबी, भगाउँछ यी रोगलाई टाढा

फलफूलले हाम्रो शरीरको लागि आवश्यक पोषणतत्व प्रदान गर्छ । हरेक फलमा केही न केही पौष्टिक तत्व पाइन्छ ।

images

जुन हाम्रो शरीरलाई स्वस्थ र दुरुस्त राख्नको लागि सहयोग गर्छ । न्युट्रिएट्सले फलफूलले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ । यस्ता कयौँ फलफूलहरू छन् जसमा धेरै गुणले भरिपूर्ण हुन्छ । अर्थात् ती फलफूलमा धेरै पौष्टिक तत्त्व पाइन्छ । 

यसमध्ये किवी एक हो । किवीको स्वाद मिठो हुन्छ । तपाई यसलाई खानको लागि रोक्न सक्नु हुन्न । तपाई यसलाई बोक्रासहित वा बोक्रा निकालेर खान सकिन्छ । यसको खट्टा मिठो स्वाद एकदम राम्रो हुन्छ । 

किवीमा पोटासियम फाइबर, भिटामिन सी, फोलिक एसिड, भिटामिन ई र पालिफेनाल्सको मात्रा धेरै हुन्छ । यसले क्यालोरीकी मात्रा कम हुन्छ । त्यसैले यसलाई अमृत फलको रूपमा मान्न सकिन्छ । यसलाई खाएर तपाई कयौँ रोगहरूलाई टाढा राख्न सक्नुहुन्छ । 

आज हामी तपाईँलाई किवीको केही फाइदाको बारेमा जानकारी दिन्छौँ । जुन धेरै  रोगहरूबाट बचाउन मद्दत गर्छ । 

आँखासँग सम्बन्धित रोग

किवीले आँखासँग सम्बन्धित धेरै रोगबाट बचाउन मद्दत गर्छ । यसलाई खाएमा आँखाको तेजिलो बनाउनुका साथै अन्य समस्याबाट टाढा राख्छ । 

इम्युनिटी पावर बढाउँछ । 

किवी खाएर इम्युनिटी पावरलाई बलियो बनाउँछ । यसले कैयन रोगलाई टाढा राख्छ । यदि तपाईँलाई इम्युनिटी पावर बढाउनु छ धने किवी अवश्य पनि खानुहोला । यसमा भिटामिन सीको मात्रा धेरै हुन्छ । 

मुटुलाई स्वस्थ राख्छ

किवी खाएमा मुटुलाई स्वस्थ राख्छ । मुटुले राम्रोसँग काम गर्छ । यसमा हुने फाइबर, पोटासियमले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ । यसले धमनीलाई एकदम मजबुत बनाउँछ । 

कब्जियतलाई टाढा राख्छ

यदि तपाई कब्जियतबाट पीडित हुनुहुन्छ भने अवश्य पनि २ वा ३ वटा किवी खानुहोला । कब्जियत को समस्याबाट छुटकारा पाउन किवी राम्रो मानिन्छ । यसले पेटलाई सफा राख्छ । 

किवी खाने समय

किवी खाने सही समय बिहान १० देखि १२ बजेसम्म हो । यदि तपाई यस समयमा किवी खानुहुन्छ भने यसमा प्रचुरमा मात्रामा पोषक तत्त्वहरू हुन्छन् । जुन शरीरको लागि धेरै लाभदायक हुन्छ ।

तपाई यसलाई खाली पेटमा पनि खान सक्नु हुन्छ । खाली पेटमा खाना खानु हुँदैन । किनभने यो अमिलो हुन्छ । र यसलाई खाएपछि एसिडिटी हुन्छ । यसलाई खाली पेटमा खानुको सट्टा बिहानको खाजापछि खान सकिन्छ । 

images
प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - ०८:१५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology