आँबुखैरेनी । ब्रेस्ट(स्तन) क्यान्सरबाट ग्रसित अनु श्रेष्ठको उपचारको लागि दि रिसेन्ट ब्याण्डले च्यारिटी शो मार्फत नगद ६० हजार रुपैयाँ आर्थिक संकलन गरेको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं.३, तल्लोबजार निवासी अनु श्रेष्ठको उपचारको लागि सांगेतिक प्रस्तुति मार्फत संकलन गरिएको सो रकम आइतबार आँबुखैरेनी गाउँपालिकाको रोहवरमा ब्रेस्ट क्यान्सर पीडित श्रेष्ठको परिवारलाइ हस्तान्तरण गरिएको हो ।
आँबुखैरेनी गाउँपालिकाले च्यारिटि शो गर्नको लागि दि रिसेन्ट ब्याण्डलाई म्युजिकल इन्स्ट्रुमेन्ट तथा यातयात लगायतका क्षेत्रमा विशेष सहयोग गरेको थियो ।