फिस्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा शान्ति सुरक्षा, दुर्घटना र दुर्व्यसन न्यूनिकरणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले शनिबार स्थानीयहरुसँग अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारीले फिस्लिङ बजारको स्थानीय बासिन्दाहरूसँग शान्तिसुरक्षा,राजमार्गमा हुने दुर्घटना न्युनिकरण, राजमार्गमा हुने अन्य दुर्व्यसन न्यूनिकरण तथा सुरक्षा सम्बन्धि विविध विषयमा केन्द्रित रही अन्तिरक्रिया गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेका थिए ।