Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

images

इच्छाकामना न्युज

११, जेठ २०८१
चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् ।  जेठ ९ गतेदेखि  सात वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

 १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य  वडास्तरबाट वितरण  सुरु गरिएको  वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले  बताउनुभयो । वडामा एक हजार ७९० जनाको राष्ट्रिय परिचय पत्र बनेर आएको उहाँले  जानकारी दिनुभयो । 

वडा नम्बर ४ बाट हाल सम्म १७३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको वडा सचिव बिष्णुहरि नहर्कीले जानकारी दिनुभयो ।वडामा कार्यालय खुल्ने समयदेखिनै राष्ट्रिय परिचय पत्र लिनेको घुइँचो  लाग्ने गरेको छ । 

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो । 

सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र वितरणको कार्य सुरु गरिएको हो ।  

images
प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १९:५४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology