मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ को नवनिर्मित वडाकार्यालय भवनको समुद्घाटन गरिएको छ । बुधबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमका बिच नवनिर्मित वडाकार्यालय भवनको समुद्घाटन गरिएको हो ।

वडा कार्यालय भवन समुद्घाटन कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथि रहेको थियो ।
भवन समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बाँकी अन्य वडाहरुको समेत छिट्टै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको बताए ।
यस्तै वडाध्यक्ष तेज बहादुर शेरचनले आफुहरुले शपथ ग्रहण गरी कार्यभार सुरु गरेको ठ्याक्कै २ वर्ष पूरा भएको दिन पारेर वडाकार्यालयको नवनिर्मित भवन उद्घाटन गरेको बताए ।

कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, पूर्व गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, पूर्व वडाध्यक्ष मोदराज सिलवाल लगायतको सहभागीता रहेको थियो ।
नवनिर्मित वडा कार्यालय भवनमा वडाकार्यालयसँगै आधारभुत स्वास्थ्य सेवाकेन्द्र र इलाका हुलाकको कार्यालय समेत संचालनमा ल्याइएको छ ।