Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लागुपदार्थ प्रयोगकर्ताले प्रयोग गर्ने औषधि अवैध रुपमा बिक्री तथा स्टोर गरेको पाइएपछी डिडिएले गर्‍यो मुग्लिनको कोइराला मेडिकल बन्द

लागुपदार्थ प्रयोगकर्ताले प्रयोग गर्ने औषधि अवैध रुपमा बिक्री तथा स्टोर गरेको पाइएपछी डिडिएले गर्‍यो मुग्लिनको कोइराला मेडिकल बन्द

images
लागुपदार्थ प्रयोगकर्ताले प्रयोग गर्ने औषधि अवैध रुपमा बिक्री तथा स्टोर  गरेको पाइएपछी डिडिएले गर्‍यो मुग्लिनको कोइराला मेडिकल बन्द
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेको कोइराला मेडिकल हल तथा स्वेच्छा फार्मेसीलाई औषधि व्यवस्था विभाग बिरगंजले बन्द गरिदिएको छ । विभागको टोलीले शुक्रवार गरेको अनुगमनको क्रममा उक्त मेडिकल हलले भारत लगायत अन्य मुलुकबाट अवैध चोरी निकासी भै आएको विभागबाट अनुमती नलिइएको अवैध औषधिहरु बिक्री गर्ने गरेको पाइएपछि एक साताको लागि बन्द गरिदिएको ।

विभागको सूचना अधिकारी अरबिन्द बानियाँ सहितको टोलीले अनुगमन गर्दा सो मेडिकलमा कैफियत भेटिएसी बन्द गरेको हो । उक्त मेडिकल हलले पहिले देखि नै लागुपदार्थ प्रयोगकर्ताहरुलाइ बिना प्रेस्कृप्सन अवैध औषधिहरु बिक्री गर्ने गरेको स्थानीयहरुको गुनासो थियो ।

विभागले अनुगमनमा बिना अनुमतिका अवैध औसधि बिक्री तथा स्टोर गरेको, लगत राखेर बिक्रि गर्नु पर्ने औसधिको लगत नराखिएको, सरसफाइ नभएको लगायतको कैफियत पाइएको औषधि व्यवस्था विभाग बिरगंजका सूचना अधिकारी अरबिन्द बानियाँले जानकारी दिए। उनका अनुसार उक्त मेडिकलका संचालकलाई ७ दिन भित्र स्पष्टीकरणका लागि विभागमा उपस्थित हुन निर्देशन समेत दिइएको छ ।

images
प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - ०८:४०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology