Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिका अब पूर्ण विद्युतीकरण पालिका, कुलमान घिसिङले गरे घोषणा

इच्छाकामना गाउँपालिका अब पूर्ण विद्युतीकरण पालिका, कुलमान घिसिङले गरे घोषणा

images
इच्छाकामना गाउँपालिका अब पूर्ण विद्युतीकरण पालिका, कुलमान घिसिङले गरे घोषणा
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकालाई  पूर्ण विद्युतीकरण गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा सबै घरधुरीमा विद्युत जडान भएपछि  शनिबार  वडा नम्बर १ कालिङमा एक कार्यक्रमका बिच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्ण विद्युतीकरण घोषणा गर्नुभएको हो । 

देशभर पूर्ण विद्युतीकरण गर्ने अभियान चलीरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।अभियान अन्तरगत चेपाङ समुदायको बाहुल्यता रहेको इच्छाकामना गाउँपालिकालाई  पूर्ण विद्युतीकरण घोषणा गर्न सफल भएको बताउनुभयो ।

445179972_3334535896681430_1039524191926880638_n.jpg

विद्युत प्राधिकरण  भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जनताहरु विद्युतीकरणको माग्दै प्राधिकरणको कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो।प्रमुख श्रेष्ठले, “भन्नुभयो, पहिला जनताहरु विद्युतीकरणको माग गर्दै प्राधिकरणको कार्यालय धाउनुपर्ने हुन्थ्यो, तर अहिले प्राधिकरण  विद्युतीकरण नभएको  ठाउँमा आफै  पुग्ने गरेको छ ।”

सो अवसरमा  वडा नम्बर १ का २ सय  बढी  विपन्न तथा चेपाङ परिवारलाई मिटर बक्स, तार र एमसिवी निशूल्क वितरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । साथै गाउँपालिकाको सात वटै वडाका जग्गा धनी लाल पुर्जा नहुने परिवारलाई पनि गाउँपालिकाले नगद रु एक हजार नगद सहित तार, एमसिवी लगायतका विद्युत सामाग्री निशुल्क उपलब्ध गराउँदै आएको अध्यक्ष गुरुङको भनाई छ । 

441197868_3334536223348064_4687512399473778835_n.jpg

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यता  तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा पूर्ण विद्युतीकरण घोषणा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत राख्नुभएको कार्यक्रममा वाडध्यक्ष सन्त बहादुर राना मगर लगायतले मनत्य राख्नुभएको थियो । 

कार्यक्रम गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले सञ्चालन गर्नुभएको थियो ।  

441954533_3334535960014757_1607794767878967470_n.jpg

कार्यक्रममा कार्यकारी निर्देशक कुलमान घिसिङ र मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि. मुग्लिनलाई सम्मान गरेका थिए। इच्छाकामनाको विद्युतीकरणमा महत्वपूर्णयोगदान पु¥याएकोमा  मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि. मुग्लिनका  प्रबन्धक  कुमार श्रेष्ठलाई सम्मान  पत्र प्रदान  गरिएको हो । 

images
प्रकाशित मिति :जेठ ५, २०८१ शनिवार - २०:५५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology