चितवन । दुई वर्ष अघि अपांगता भएकी आफ्नै वृद्व माईजुलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले आरोपीत इच्छाकामना गाउँपालिका ३ वस्ने ५४ वर्षका एक पुरुषलाई २९ वर्ष कैद सजाय फैसला गरेको छ ।
बलात्कार तर्फ २५ वर्ष र हाडनाता सम्बन्धमा थप ४ वर्ष गरी जम्मा २९ वर्ष सजाय भएको चितवन अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताए । फैसला न्यायधीश रमेश ज्ञवालीबाट बैशाख ३१ गते भएको हो ।
६ लाख ४० हजार जरिवाना, १ लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८ सय जम्मा गर्ने फैसला समेत भएको छ । घटना २०७८ चैत ८ गते भएको हो । पीडित पक्षले चैत २१ गते उजुरी दिएका हुन् । पीडितको उपचारको क्रममा चैत २१ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
यस्तो थियो दुई वर्ष अघि घटेको घटना (समाचार लिंक)
इच्छाकामनामा ८४ वर्षीया असक्त वृद्वा महिलालाई आफ्नै भान्जाद्वारा पटकपटक जबरजस्ती करणी
करणीकै कारण मानसिक रुपले विक्षिप्त बनेकी वृद्वाको उपचारको क्रममा मृत्यु, आरोपित पक्राउ