कुरिनटार । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवटारमा सवारी साधनको ठक्करबाट रतूवा मृग गरेका छन् । स्थानीयका अनुसार मंगलबार विहान ६ बजे मनकामना राइजिङ रिर्सोट नजिकै सडक पार गर्ने क्रममा माइक्रोको ठक्करबाट साढे दुई बर्षको रतुवा मृगको पाठा मरेका हुन् ।
त्रिशूली नदीमा पानी खान जाने क्रममा सडक पार गर्न लाग्दा सवारी साधनले ठक्कर दिएको हो । सडकको कल्भर्ड भत्काएपछि वन्यजन्तुहरु जोखिममा परेका छन् । यस अघि कल्भर्डबाट पार गरेर त्रिशूली नदीमा पानी खान जाने गरेका वन्यजन्तुहरु कल्भर्ड भत्काएपछि सडकबाट पार गरेर जाने गरेको स्थानीय सञ्जय खनालले बताउनुभयो ।
सडकम स्तरोन्नतीको क्रममा राजमार्गका कल्भर्डहरु भत्काएपछि वन्यजन्तुहरु असुरक्षित बनेका छन् । सडक वन्यजन्तुमैत्री नहुदाँ वन्यजन्तुहरु असुरक्षित भएको खनालले बताउनुभयो ।