आँबुखैरेनी । तनहुँकाे आँबुखैरेनी १ याञ्चाेकमा रहेकाे आँदिमूल मन्दिर परिशरमा रहेकाे पाेखरीमा रहेकाे भगवानकाे अवतारकाे रुपमा मानिएकाे माछा मरेको छ । केही दिन अघि देखि बिरामी हुन थालेको माछा आइतबारदेखि भने मर्न थालेको हो । आज बिहानसम्म हेर्दा पोखरीमा ठूलाे सँख्यामा बिहान देखि भटाभट मरेका थिए। माछा बिरामी परी मर्न थालेपछि केही माछा मूल भित्र पसेर जिवित रहेका स्थानीयले बताएका छन् । मन्दिर र पाेखरी निर्माणकार्य चलि रहँदा यति ठूलाे सँख्यामा माछा मरेका हुन् । मरेकाे माछा र पाेखरीकाे पानीकाे परिक्षणका लागि मत्स्य बिकास केन्द्र पाेखरामा नमूना पठाईएकाे पशु बिज्ञ केन्द्र तनहुँका प्रमुख राजेश चाैधरीले जानकारी दिनुभयाे । गाउँपालिका अध्यक्ष सुक्र चुममन , उपाध्यक्ष दुर्गा अर्याल, वडा नं १ का अध्यक्ष प्रेमबहादुर गुरुङ लगाएत समितिका र अन्य स्थानीयले स्थलगत जानकारी लिनुभएकाे थियाे । अध्यक्ष चुमानले परीक्षणकाे रिपोर्ट बेलुकी सम्म आईपुग्ने र भाेलि देखि नै उपचार पद्धति अपनाईने जानकारी दिनुभयाे ।