Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ललितपुरको कुपन्डोलमा बिजुली कार दुर्घटना

ललितपुरको कुपन्डोलमा बिजुली कार दुर्घटना

इच्छाकामना न्युज

२९, बैशाख २०८१
ललितपुरको कुपन्डोलमा बिजुली कार दुर्घटना
images

काठमाडौं ।ललितपुरको कोपुन्डोलमा कार दुर्घटना भएको छ । शनिबार बिहान साढे ५ बजेतिर बागमती प्रदेश ०२८ च ४२८९ नम्बरको कार कोपुन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

images
images

प्रहरी प्रभाग कोपुन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ । जसका कारण त्यस क्षेत्रमा विद्युत् सेवा अवरूद्ध भएको छ ।

प्रहरीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार दुर्घटना भएको हो । दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ । कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी प्रभाग कोपुन्डोलले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०८१ शनिवार - ०८:१२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology