Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ४ का वडाध्यक्ष रुद्र उप्रेतीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै मनाए जन्मदिन

इच्छाकामना ४ का वडाध्यक्ष रुद्र उप्रेतीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै मनाए जन्मदिन

images

इच्छाकामना न्युज

२०, बैशाख २०८१
इच्छाकामना ४ का वडाध्यक्ष रुद्र उप्रेतीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै मनाए जन्मदिन
images

कुरिनटार । चितवनको इच्छाकामना ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले विद्यार्थीहरुसँग जन्मदिन मनाएका छन्। श्री बकुल्लहरी राष्ट्रिय आधारभूत विद्यालय लेवाटारका विद्यार्थीहरुसँग जन्म दिन मनाएका हुन् ।  जन्मदिनको अवसरमा वडाध्यक्ष उप्रेतीले ३६ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री समेत सहयोग गरेका  छन् । कापी,कलम ,पेन्सिल,इरेजर र कटर वितरण गरेका हुन् । Messenger_creation_02571b7c-3965-4785-84ca-7c26081efa24.jpeg वडाध्यक्ष उप्रेतीले आफुले शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरेको बताए । आफुले विगतका बर्षहरुमा पनि जन्मदिनको अवसरमा विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्दै आएको बताए ।जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरि विद्यालयमा जन्मदिन मनाउने नियमित प्रकृया जस्तै भएको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले वडाध्यक्ष उप्रेतीले यस अघि पनि थुप्रै सामाजिक कार्यहरु गर्दे आएको बताए । जन्मदिनमा फजुल खर्च भन्दा पनि साना नानी बाबुहरुलाई शैक्षिक समाग्रीहरु वितरण गरेर जन्मदिन मनाउने उत्कृष्ट  कार्य भएको बताए ।अन्यत्र हुने खर्चलाई विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु महत्वपूर्ण भएको भन्दै यसबाट सबैलाई प्रेरणा मिल्ने बताए । विद्यालयकी प्रधानाध्यापक सीता सिलवालले पनि वडाध्यक्ष उप्रेतीले जन्मदिनमा अन्यत्र हुने खर्चलाई कटौती गरेर विद्यार्थीहरुलाई  शैक्षिक सामाग्री सहयोग गरेकोमा धन्यवाद दिइन् ।   कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लेवाटार टोलविकास संस्थाका अध्यक्ष, नेकपा एमालेका वागमती प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी,शर्वशान्ति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बलराम सिलवाल लगायतको उपस्थिति रहेका थिए ।   वडाध्यक्ष उप्रेतीले शैक्षिक समाग्रीका वितरणका साथै केक काटेर जन्मदिन मनाएका हुन् । 

images
प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १६:४९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology