Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको कोटारी जङ्गलमा लागेको आगो घरमा सल्किदा घर जलेर नष्ट

इच्छाकामनाको कोटारी जङ्गलमा लागेको आगो घरमा सल्किदा घर जलेर नष्ट

images

इच्छाकामना न्युज

१९, बैशाख २०८१
इच्छाकामनाको कोटारी जङ्गलमा लागेको आगो घरमा सल्किदा घर जलेर नष्ट
images

काउले । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित कोटारी जङ्गलमा लागेको डढेलोको कारण घरमा आगो सल्कदा स्थानीयको २ घरमा आगलागी भएको छ । हिजो मंगलबार साँझ करिब ७ बजेतिर जंगलमा लागेको आगो स्थानीयको घरसम्म आईपुग्दा १ घर जलेर नष्ट भएको छ भने १ घर आधा जलेको छ ।

आगलागीमा परी स्थानीय राम बहादुर चेपाङको  घर पुरै जलेको छ र २० हजार नगद, २० डोको मकै, ४ घार मौरी, लत्ताकपडा लगायतका सामाग्रीहरु जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए । उनका अनुसार राम बहादुर चेपाङको छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको १ घार मौरी, लत्ताकपडा लगायत जलेर नष्ट भएको छ । 

images
प्रकाशित मिति :बैशाख १९, २०८१ बुधवार - ०९:२९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology