Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान

इच्छाकामना गाउँपालिकाद्वारा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान

images

इच्छाकामना न्युज

१७, बैशाख २०८१
इच्छाकामना गाउँपालिकाद्वारा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । गाउँपालिले आर्थिक बर्ष २०८०/८१ निति तथा कार्यक्रम अन्तरगत उच्च शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई शैक्षिक सहायता छात्रावृति वितरण गरेका हुन् ।

आइतबार ३३ जनालाई रु १ लाख ३८ हजार ५०० रुपैयाँ छात्रावृति वितरण गरिएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र बहादुर रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार जनही दुई हजार देखि १० हजार सम्म छात्रावृति वितरण गरिएको हो ।

यस आर्थिक बर्षमा रु ५ लाख छात्रावृति वितरण गरिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । छात्रावृतिका लागि सात वटै वडाबाट गरि १५१ जना छनौट गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । प्राविधिक धारका शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - ०७:१७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology