Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा छोरीको मृत्यु ,आमा गम्भीर घाइते

मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा छोरीको मृत्यु ,आमा गम्भीर घाइते

इच्छाकामना न्युज

१६, बैशाख २०८१
मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा छोरीको मृत्यु ,आमा गम्भीर घाइते
images

महोत्तरी । महोत्तरीको बर्दिबास जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका-५ टुटेश्वर जङ्गलमा शनिबार सर्लाहीबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो ।

images
images

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका-४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् ।

उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको डिएसपी पोखरेलले बताए । ‘मोटरसाइकल छोरीले चलाएकी रहिछन्,’ डिएसपी पोखरेलले भने, ‘पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडिपट्टिको चक्कामा बेरिँदा घटना भएको देखिन्छ ।’

सल मोटरसाइकलको पछाडिपट्टिको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमाछोरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते आमाछोरीलाई प्रहरीले तत्कालै उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास पुर्‍याएको थियो । ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा उषाको मृत्यु भएको हो,’ डिएसपी पोखरेलले भने, ‘जनकपुरस्थित काब्या अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।’

 

मृतक कार्कीको माइत सर्लाहीकै लालबन्दी नगरपालिका-४ हरिभवन हो । एक वर्षअघि मात्रै उनको विवाह भएको थियो । मृतक युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - ०९:०६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology