भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका मुख्य केन्द्र मानी विगत ७ वर्ष देखि संचालित यस क्षेत्रकै पहिलो डिजिटल अनलाइन पत्रीका इच्छाकामना न्युजद्वारा प्रकाशित २०८१ सालको भित्तेपात्रो लोकार्पण गरिएको छ । शुक्रबार चितवनको भरतपुर स्थित पाते ढिंडो एण्ड बिच रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रोको लोकार्पण गरिएको हो ।
पत्रीकाको संचालक एंव कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी तथा विशिष्ट अतिथि तमू प्ये ल्हु संघ केन्द्रीय उपाध्यक्ष एंव बागमती प्रदेश प्रमुख तुलाराम गुरुङ सहित उपस्थित अन्य अतिथिहरुले एकसाथ भित्तेपात्रोको लोकार्पण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले अनलाइनले इच्छाकामना लगायत आसपासका स्थानिय तहको पर्यटनलाई सहयोग पुर्याउने गरि भित्तेपात्रो प्रकाशनमा ल्याएको प्रती खुशी गर्नुभयो साथै नयाँ वर्षको शुभकामना समेत व्यक्त गर्नु भयो ।
यस्तै कार्यक्रममा तमू प्ये ल्हु संघ केन्द्रीय उपाध्यक्ष एंव बागमती प्रदेश प्रमुख तुलाराम गुरुङ र संघको जिल्ला अध्यक्ष बिक्रम गुरुङले अनलाइनले प्रकाशित गरेको भित्तेपात्रोमा गुरुङ समुदायको मौलिक चाडपर्वहरुलाई प्राथमिकता दिइ प्रकाशित गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा मानवधिकार तथा शान्ति समाज चितवनका सभापती शम्भु राउत, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर, जयबुध्द अस्पतालका प्रबन्ध निर्देशक दिपक गुरुङ लगाएतको सहभागीता रहेको थियो ।