Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिका र सपना भिलेजको साझेदारीमा भाराङमा विद्यालय भवन बन्दै

इच्छाकामना गाउँपालिका र सपना भिलेजको साझेदारीमा भाराङमा विद्यालय भवन बन्दै

images

इच्छाकामना न्युज

८, बैशाख २०८१
इच्छाकामना गाउँपालिका र सपना भिलेजको साझेदारीमा भाराङमा विद्यालय भवन बन्दै
images

भाराङ । इच्छाकामनाको चेपाङ बस्तीमा भाराङमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु चितवन : चितवनको विकट पहाडी गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नं १ स्थित राष्ट्रिय आधारभुत विद्यालय भाराङको विद्यालय भवन निर्माण सुरु गरिएको छ । सो विद्यालयको २५ बर्ष पुरानो भवन जीर्ण भनेपछि नयाँ भवन निर्माण सुरु गरिएको हो ।

गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा ४ कोठे विद्यालय भवन निर्माण सुरु गरिएको हो । सो भवन चितवनको विकट पहाडी बस्तीकै पहिलो पक्की विद्यालय भवन हुने छ । पालिकाको ४० लाख र सपना भिलेजको ४० लाख गरि ८० लाखको लगानीमा निर्माण सुरु गरिएको छ । उक्त भवनको शुक्रबार गाउँपालिकाका अध्यक दानबहादुर गुरुङ र सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले सयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलन्यास पूर्व नै उक्त भवन निर्माणको लागि जग खनेर निर्माणकार्यको थालनी गरिसकिएको छ । कक्षा ८ उर्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन । चेपाङ बस्तीमा यो समस्या विकराल रुपमा देखा परेको छ । कक्षा आठ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी नौं कक्षा पढ्न शक्तिखोर र हात्तीवाङ जानू पर्ने वाध्यकारी अबस्था रहेको छ । शक्तिखोर पाँच घण्टा र हात्तीवाङ तीन घण्टा हिडेर जानुपर्ने अबस्था रहेको छ । घरदेखि विद्यालयको दुरी निकै टाडा रहेका कारण पढाइ छोड्नु पर्ने अबस्था रहेको भन्दै गिरीले विकटकै बस्तीमा कक्षा १० सम्मको स्विकृतिका लागि सरकारले सोच्नु पर्ने अबस्था रहेको गिरीले बताए ।

अध्यक्ष गिरीले सो विद्यालयमा १० कक्षा सम्मको स्वीकृति प्रदान गरि भवन निर्माण र शिक्षक दरबन्दीको लागि सरकारी पहल सुरु गरेको गिरीले बताए अध्यक्ष गिरी चेपाङ बालबालिका विद्यार्थीलाई बस्तीमै कक्षा १० सम्म पढ्ने वातारण सरकारले गर्नुपर्ने बताए । घरमा पेटभरी खान नपाएका कारण चेपाङ बालबालिकाहरु नियमित विद्यालय जादैनन् । सरकारले दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैया दिँदै आएको छ । सपना भिलेजले विद्यालयमै पेटभरी खाजा खान पाउने गरि थप दिवाखाजाको सुरुवात गर्न लागेको गिरीले बताए । कक्षा १ देखि ८ सम्म पढाइ हुने सो विद्याल ३०१ विद्यार्थी अध्यानरत छन् ।

गाउँपालिकाका अध्यक्ष गुरुङले जीर्ण भवनका कारण विद्यार्थीहरु त्रासमा पढ्न बाध्य रहेको भन्दै विकट बस्तीमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु गरिएको बताए । गाउँपालिकाले चेपाङ बस्तीमा रहेका विद्यालयका पुरानो भवन विस्थापित गरी नयाँ पक्की भवन निर्माणको थालनी गरेको भन्दै पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्विकृति प्रदानको लागि प्रक्रिया अगाडि बढाएको बताए ।

राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पूर्वाधार निर्माण गरी कक्षा १० सम्मको स्विकृति प्रदान गर्ने बताए । अध्यक्ष गुरुङले पहिलो तलाको चार कोठा आर्थिक बर्ष २०८१/८२ भित्र निर्माण सम्पन्न गर्ने बताए । उनले उक्त भवनको दास्रो तलामा चार र तेस्रो तलमा ट्रष्ट हालेर थप एउटा कोठा बनाउने बहुबर्षीय योजना सहित काम सुरु गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक दिप बहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताए । असहज हुँदा विद्यार्थीलाई बाहिर राखेर पढाउने गरेका छौं उनले भने भवन भत्काएपछि समस्या भएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०८१ शनिवार - ०८:२०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology