बैशाख । चितवनको इच्छाकामना १ सैरलिङका चट्याङ पीडित एक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गत चैत्र २५ गते चट्याङका कारण घर जलेर घाइते भएका एक परिवारलाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
इच्छाकामना मोबाईल एण्ड बिजुली पसल कुरिनटारका संचालक सामाजिक कार्यमा सक्रिय प्रकाश लामिछानेको पहलमा संकलन भएको नगद ४१ हजार ५०५ रुपैया घाईतेका बुबा सोम बहादुर चेपाङ र वडा न. १ का वडा अध्यक्ष सन्त बहादुर राना मगरको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
चट्याङमा परि सोम बहादुरका ५० वर्षिया श्रीमती, १० वर्षिय छोरा र ८ वर्षिया छोरी गरि ३ जना घाइते भएका थिए । घाइतेहरुको इच्छाकामना आधारभुत अस्पतालमा उपचार पछि थप उपचार भरतपुर अस्पतालमा गरिएको थियो ।
आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि विभिन्न समाज सेवीहरुबाट संंकलित रकम हस्तान्तरण गरिएको अभियन्ता प्रकाश लामिछानेले बताउनुभयो । यस अघि पनि उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गर्दै आएको आज थप सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाले पनि जस्ता तथा खाद्यान्न सहयोग गरेका थिए । सोम बहादुरको परिवारका ७ जना मध्य ५० वर्षिय श्रीमती, १० वर्षिय छोरा र ८ वर्षिय छोरी चट्याङमा परि घाइते भएका थिए । घाइतेहरुको उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।