Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाका सरकारी विद्यालयमा १६ जना नयाँ शिक्षक थपिए, आजदेखि विद्यालयमा हाजिर हुदै

इच्छाकामनाका सरकारी विद्यालयमा १६ जना नयाँ शिक्षक थपिए, आजदेखि विद्यालयमा हाजिर हुदै

images

इच्छाकामना न्युज

२, बैशाख २०८१
इच्छाकामनाका सरकारी विद्यालयमा १६ जना नयाँ शिक्षक थपिए, आजदेखि विद्यालयमा हाजिर हुदै
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा आधारभुत तहका १६ जना नयाँ शिक्षक थपिएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा नयाँ शिक्षकहरु थपिएका हुन् । 

हालै मात्र शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर चितवन आएका आधारभुत तहका ९३ शिक्षक मध्य इच्छाकामना गाउँपालिकामा १६ जना नयाँ शिक्षक आएका हुन् । उनीहरुलाई गाउँपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना विद्यालयमा खटाइएको छ । नयाँ शिक्षकहरु आजदेखि तोकिएको विद्यालयमा हाजिर हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

IMG_9907.jpg

गाउँपालिकाको सभाहलमा गरिएको शिक्षकहरुको पदस्थापन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, नेपाल शिक्षक संघ इच्छाकामनाको अध्यक्ष यान बहादुर गुरुङ, राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाका उपाध्यक्ष सुजन सापकोटा, एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष तुल बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

IMG_9897.jpg

कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले नयाँ शिक्षकहरुले आफ्नो कार्यक्षेत्र इच्छाकामना गाउँपालिकाका विद्यालयहरुलाई रोजेकोमा धन्यवाद दिनुभएको थियो । साथै उहाँले इच्छाकामनाको शैक्षिक गुणस्तरवृद्विमा सहयोग पुग्नेगरी कार्यक्षेत्रमा खटिनुहुन शिक्षकहरुसँग आग्रह गर्दै शुभकामना दिनुभयो । 

इच्छाकामना गाउँपालिकामा ५० वटा सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयहरुमा प्रावि, निमावि, मावि, उमावि, बालविकास, पालिकाको निजि स्रोत लगायत सबैखाले दरबन्दी गरी हाल ३ सय ७३ जना शिक्षक कार्यरत रहेका छन् । जसमा नयाँ १६ शिक्षक थपिएसँगै १० जना पूराना शिक्षकहरु स्वतः विस्थापित हुनेछन् । 

images
प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - ०८:५३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology