ज्यानदाला । कुटपिट गरि हत्या गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । इच्छाकामना गाउँपालिका १ ज्यान्दाला निवासी २३ बर्षिय लोक बहादुर चेपाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लोक बहादुरले मामा पर्ने ४२ बर्षिय चन्द्र बहादुर चेपाङलाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
चैत २६ गते दिउँसो ४ः३० बजेको समयमा मामा चन्द्र बहादुर चेपाङ र सोही स्थान बस्ने भाञ्जा लोक बहादुर चेपाङबिच घरेलु मदिरा सेवन गरि एकआपसमा वाद विवाद भई कुटपिट भएका थिए ।
कुटपिटपछि श्रीमतीले छुटाएर चन्द्र बहादुरलाई आफ्नो घर तर्फ ल्याई सुताएकोमा राती ९ बजे मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीमतीले स्थानिय जनप्रतिनिधिलाई श्रीमान मृत्यु भएको जानकारी गराएकी थिइन् ।
घटनामा संलग्न लोकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई आज बुधबार सार्वजनिक गरेको हो । जिल्ला अदालत चितवनबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटना स्थलको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान गरि चन्द्र बहादुरको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।