कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका–१ ज्यानदालामा झैझगडाका क्रममा कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । सोमबार राति भएको इच्छाकामना–१ बस्ने ३५ वर्षीय चन्द्रबहादुर चेपाङ र ३० वर्षीय लोकबहादुर चेपाङ बीच झगडाको कारण चन्द्र बहादुर चेपाङको मृत्यु भएको हो ।
झगडाका क्रममा कुटपिट हुँदा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको इच्छाकामना गाउँपालिका वडा नं. १ वडाध्यक्ष सन्त बहादुर मगरले जानकारी दिएको छ । उनका अनुसार कुटपिट गर्ने लोकबहादुरलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको श पोस्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने पक्राउ परेका लोक बहादुर चेपाङलाई इलाका प्रहरी कार्यालय मुग्लिनको हिरासतमा राखी म्याद थप गरेर अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक बिशाल तामाङ्गले जानकारी दिए ।