चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका पत्रकार हिरालाल गुरङ पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ चितवनले आज आयोजना गरेको अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा पत्रकार गुरुङ औद्योगिक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका हुन् ।
पत्रकार गुरुङ इच्छाकामनामा संचालित इच्छाकामना एफ.एम. १०२.४ मेगाहर्जमा समाचार प्रमुख र राष्ट्रिय समाचार समिति राससमा मुग्लिन प्रतिनिधिको रुपमा कार्यरत रहेका छन् ।
कार्यक्रममा मैयादेवी पत्रकारिता पुरस्कारबाट सिर्जना अर्याल, अनन्त गंगा पत्रकारिता पुरस्कारबाट चाँदनी हमाल, बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल, तिलचन साँखी पत्रकारिता पुरस्कार २०७८ बाट शालिग्राम नेपाल, तिलचन साँखी पत्रकारिता २०७९ बाट विमल खतिवडा, २०८० बाट टिकादत्त तिमिल्सिना र औद्योगिक पत्रकारिता पुरस्कार २०७९ बाट सन्तकुमार चौधरी पुरस्कृत भएका छन् ।