Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना २ को मायाटार क्षेत्रमा आजदेखि बिजुली बत्ती, २०८१ वैशाखमा उज्यालो इच्छाकामना घोषणा गर्ने तयारी

इच्छाकामना २ को मायाटार क्षेत्रमा आजदेखि बिजुली बत्ती, २०८१ वैशाखमा उज्यालो इच्छाकामना घोषणा गर्ने तयारी

images

इच्छाकामना न्युज

२४, चैत्र २०८०
इच्छाकामना २ को मायाटार क्षेत्रमा आजदेखि बिजुली बत्ती, २०८१ वैशाखमा उज्यालो इच्छाकामना घोषणा गर्ने तयारी
images

मायाटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित मायाटार आसपासका गाउँहरुमा आजदेखि बिजुली बत्ती पुगेको छ । इच्छाकामना गाँपालिका अध्यक्ष दान बहादुर गुरुङले विजुलीको स्वीच अन गरी समुद्घाटन गरी बिजुली बत्तीको उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको ७ वटा वडामध्य बिजुली बत्ती बिहिन वडाको रुपमा रहेको वडा नं. २ मै पहिलो पटक बिजुली बत्ती बलेको हो । पहिलो चरणमा मायाटार, दुम्किन, तेर्से, घुर्केश, डाडाँगाउँ, हेप्चेक, वल्र्याङ लगायतका गाउँहरुमा बत्ती बलेको  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभएको छ । उहाँका अनुसार अहिलेसम्म इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको सबै स्थानमा बिजुली बत्ती पुगिसकेको छ भने वडा नं. १ र २ को केही गाउँहरुमा बाँकी रहेको छ । जस अनुसार गाउँपालिकाको करिब ८० प्रतिशत भन्दा बढि गाउँहरुमा बिजुली बालिसकिएको छ ।

यस्तै यहि २०८१ वैशाख महिना भित्र पालिकाको बाँकी वडाका गाउँहरुमा समेत बिजुली बत्ति पुर्‍याई उज्यालो इच्छाकामना अभियान अन्तर्गत इच्छाकामना गाउँपालिकालाई उज्यालो इच्छाकामना घोषणा गर्ने तयारी भैरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैगरी आज मायाटारमा बिजुली बत्ती समुद्घाटन कार्यक्रममा गाउँपालिकाका विपन्न ६० घर परिवारलाई विद्युत मिटर, सर्भिस केबल र एम.सी.बी. निःशुल्क वितरण पनि गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रसँगको सहकार्यमा गाउँपालिकाले अनुदानमा अति विपन्न ६० घरका लागि विद्युत मिटर, सर्भिस केबल र एम.सी.बी. निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडाध्यक्ष पञ्च बहादुर चेपाङ लगायतको उपस्थित रहनुभएको थियो ।

गाउँमा पहिलो पटक बत्ती बलेपछि स्थानीय खुशी भएका छन् । मायाटारमा होमस्टे सञ्चालन गर्दै आउनु भएका टिका गुरुङले पहिलो पटक गाउँमा बत्ती बल्दा आफुहरु खुशी भएको बताउँनु भयो । गाउँमा बत्ती बलेसगैँ मोवाईल चार्ज गर्न विद्यार्थीहरुलाई पढ्न सहज भएको उहाँले बताउनु भयो ।  साथै उहाँले होमस्टे आउने पाहुँनाहरुलाई बास बस्नका लागि सहज हुने बताउँनु भयो । 

images
प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार - २२:३८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology