कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा आधारभुत तह कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार आधारभुत तहको पालिका स्तरीय परीक्षामा सहभागी झण्डै आधा विद्यार्थी फेल भएको छ ।
नतिजामा ५४ प्रतिशत विद्यार्थी उर्तीण भएको छ भने ४६ प्रतिशत विद्यार्थी अनुर्तीर्ण भएको छ । उनीहरुले १.६ भन्दा कम जीपीए ल्याएकोले पुनः ग्रेडवृद्विको लागि परक्षिा दिनुपर्ने भएको छ ।
नतिजालाई विश्लेषण गर्दा राआवि भाराङ, कुरीन बोर्डिङ स्कुल, मस्र्याङ्गदी शिक्षा सदन मुग्लिङ्ग, ग्रीनफिल्ड अंग्रेजी मावि मुग्लिङ्ग, राआवि कुयलघारी, रानीखोला मावि सिमलढाप, देउराली मावि सुन्दरबस्ती र राआवि चनौटेको परीक्षामा सहभागी शतप्रतिशत विद्यार्थी उर्तीर्ण भएका छन् ।
यस्तै माझगाउँ मावि माझगाउँबाट परीक्षामा सहभागी धेरै विद्यार्थी फेल भएका छन् । उक्त विद्यालयबाट २६ विद्यार्थी सहभागी भएकोमा १ जना मात्र उर्तीण भै २५ जना विद्यार्थी फेल भएका छन् ।
नतिजा अनुसार सबैभन्दा बढि नम्बर प्रगती पाठशालाका रिबज थापा मगरले ३.९४ जिपिए ल्याएर पालिका प्रथम भएका छन् भने छात्रातर्फ सबैभन्दा बढि नम्बर ३.९१ जिपिए ल्याएर मस्र्याङ्गदी शिक्षा सदन स्कुल मुग्लिनङ्गका साकिरा बस्नेत प्रथम भएका छन् ।
नतिजा हेर्न यहाँ CLICK गर्नुहोस्