Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन ट्याक्सी दुर्घटना अपडेट : त्रिशुलीमा बेपत्ता भएका युवक अझै भेटिएनन्

मुग्लिन ट्याक्सी दुर्घटना अपडेट : त्रिशुलीमा बेपत्ता भएका युवक अझै भेटिएनन्

images

इच्छाकामना न्युज

२०, चैत्र २०८०
मुग्लिन ट्याक्सी दुर्घटना अपडेट : त्रिशुलीमा बेपत्ता भएका युवक अझै भेटिएनन्
images

मुग्लिन । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिवार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन् ।

इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका १८ वर्षीय दिवस रोकाको खोजी भइरहेको प्रहरीले बताएको छ । मृतकको आफन्त र स्थानीयसँगको समन्वयमा घटना भएको स्थानबाट तलतिर खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

‘स्थानीयको सहयोग लिएर नदीको आसपासमा म्यानुअल्ली खोज्ने काम भइरहेको छ । खोलामा काम गर्ने कामदारहरुसँग जानकारी लिने काम गरेका छौँ’, उनले भने, ‘मृतकका आफन्तहरु पनि आउनुभएको छ ।’

ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार गोरखा नगरपालिका–४ की ४१ वर्षीया हरिमाया रोका र उनका छोरा ९ वर्षीय आगमन रोका, वडा नम्बर ७ की ७० वर्षीया जुनकिरी रोका र २८ वर्षीया अन्जना रोकाको घटनास्थलमै मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - ०९:३८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology